एजेन्सी। इङ्गल्याण्डस्थित एक (एप) अनुप्रयोग निर्माताले डेलीवरी रोवटको माध्यमबाट आफ्नो प्रेमिकालाइ विवाहको प्रस्ताव गरेका छन्।
वेन होगन नाम गरेका व्यक्तिले प्राय किरानाको सामान डेलिभरी गर्ने रोवटको मद्धतले शेरी नाम गरेकी प्रेमिकालाई प्रस्ताव गरेका छन्। यो जोडिले नयाँ प्रविधि लाई ज्यादा मन पराउँछन्।
सधै मिल्टन केनिसमा किरानाको सामान ल्याउने रोवटलाइ होगनले रिङ ल्याउनका लागि काम लगाएका थिए। कोरोना फैलंदै गरेको बेलामा लकडाउ हुनु भन्दा एक हप्ता पहिले भेटेका थिए। तर अझै पनि यो जोडी विवाह गर्ने पक्का छैन।
होगन भन्छन् वास्तवमा“ म ग्रिक हु र रोवटको माध्यम बाट प्रस्ताव गर्ने शेरीको तिव्र इच्छाको कारण मैले प्रस्ताव गरेको हु“।












