एजेन्सी । पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न निकै शौखिन बन्दै गएका छन् । तन्त्रमन्त्र तथा साधनामा बिरालोलाई नकारात्मक शक्तिको प्रतिक मानिन्छ ।
नारद पुराणका अनुसार ज्याेतिष तथा वास्तुका दृष्टिले घरमा बिरालाे पटक–पटक आउनुलाई शुभ मानिँदैन । जहाँ बिरालोको खुट्टाको धुलो उड्छ त्यहाँ सकारात्मक ऊर्जाको हानी हुन्छ ।
-
तन्त्र मन्त्रमा बिरालोकै पूजा हुन्छ ।
-
साथै बिरालोको सम्बन्ध भूतप्रेतसँग पनि जोडेर हेरिन्छ । घरमा मात्रै होइन, कतै निस्कँदा पनि बिरालोले बाटो काट्दा अशुभ मान्छन् हाम्रो समाजमा ।
-
घरमा अचानक बिरालो आउने जाने गर्नाले घरमुलीलाई मानसिक समस्या बढ्नुका साथै अन्य आपत पनि आइपर्ने उल्लेख गरिएको छ ।
-
यदि खाना खाने समयमा बिरालो आएर देख्याे भने कष्ट उत्पन्न हुने मान्यता पनि छ ।
-
बिरालोले घरभित्र मल मुत्र त्याग गरेमा आर्थिक नोक्सान हुन सक्ने पनि बताइन्छ ।
-
यदि पाल्तु बिरालो अचानक घर छाडेर गएमा पनि भविष्यमा अशुभ घटना हुने संकेत भएको छ।












