काठमाडौं । भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।
सामन्यतया धेरैजसो मानिसको खाटमा सुत्ने बानी हुन्छ । तर, खाटमा सुत्नुभन्दा भुइँमा सुत्नु स्वास्थ्यका हिसावले निकै फाइदा हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तपाईं हामीले जीवनभरको कमाईबाट घर बनाउँदा धेरै कुराहरुमा ध्यान दिनुपर्छ जसमध्ये सजावटको काम पनि मुख्य हुन आउँछ । घरलाई सुन्दर देखाउन भित्ता र सिलिङमा राम्रो कलर गरेर मात्र पुग्दैन, भुइँ पनि राम्रो हुनुपर्छ ।
भुइँमा सुत्नुका फाइदा :
भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ । दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् । बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।










