Ad #144479

एजेन्सी ।  श्रीमती होउन् या प्रेमिका, असल महिला मित्र नै किन नहोउन् । तपाई (पुरुष)सँग उनीहरुका केही अपेक्षा हुन्छन् । महिलाले पुरुषसँग राख्ने धेरैजसो अपेक्षा भावनासँग जोडिएका हुन्छन् ।

  • कहिलेकाँही आफ्नी महिलाको लागि खाना बनाइदिने । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।
  • पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।
  • आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।
  • महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।
  • पुरुषहरुमा भावनात्मक गुणको विकास । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।
  • पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।