२६ पुष, एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए ।
[sidebar name="button post"]









