२५ पुष, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए ।
संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।
अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।
[sidebar name="button post"]











