एजेन्सी । एक युवा कान दुखाईको समस्या लिएर अस्पताल पुगेका थिए। चिकित्सकले अब उनको कानको चेकजाँच गरे, तब चिकित्सकनै आश्चर्यमा परे।
चीनमा एक व्यक्तिको कानमा साङ्लाले आफ्नो घर बनाएको थियो । १९ वर्षीय लि नाम गरेका ती व्यक्तिको कानमा केही समय पहिले साँग्लो पसेर अण्डा पारेकाले २६ साङ्ला उनको कानमा भेटिएको डाक्टरको भनाई छ ।
डाक्टरका अनुसार ती साङ्लाले युवकको कानको आन्तरिक नलीमा निकै नोक्सान पु¥याएका छन्। समाचारका अनुसार ती व्यक्तिले प्राय ओछ्यानमै बसेर खाना खाने र जुठा भाँडाकुँडा पनि त्यही आसपास राख्ने गरेका थिए।
[sidebar name="button post"]










