२५ पुष, काठमाडौं । जाडो याममा सुरू हुन थाले सगैँ मनिसहरूको छालामा समस्या देखिन थाल्दछ। ओठ हात, गाला, खुट्टा फुट्ने, दुख्ने चिलाउने, छालामा सुख्खा पन वढेर जान्छ। चिसो तापक्रम, हिटरको असन्तुलित मात्रामा प्रयोग, हवामा ओसीलोपनाको कमी जस्ता धेरै कारणले छाला विगर्ने, फुट्नेर सुख्खा हुने गर्दछ। यस समस्या वाट बच्ने साधारण उपाय छन्, जसको पालनाले जाङोयाममा हुने छालाको समस्यावाट छुटकारा पाउन सकिन्छ।
१) धेरै तातो पानीले वा लामो समय सम्म ननुहाउने
जाडोमा तातो पानीमा नुहाउदा सारै आनन्द मिल्छ तर वास्तवमा धेरै लामो समय सम्म तातो पानी नुहाउदा छाला सुख्खा हुन्छ, धेरै तातो पानी छालाको शत्रु हो। धेरै तातो पानीको प्रयोगले पछी छाला वढी मात्रामा फुस्रो हुन्छ जस कारण छालामा छिटो असर गर्ने गर्छ। १० मिनेटको स्नान पछी तेलको प्रयोग गर्नाले छाला फुट्ने तथा फुस्रो हुन कम हुन्छ ।
२) ज्यादामात्रामा पानी पिउने
जाडोमा पानी चिसो हुने र तातो पानी पिउन ढिलो हुने गरेकोले हामी जति मात्रामा पानी पिउनु पर्ने हो त्यती पिउदैनौ। ज्यादा पानी पिउनाले शरीर रसिलो हुँन्छ । जस कारण छालाको समस्यामा कमी गराउछ। कागती तथा अदुवा पनीले शरिरलाइ रसिलो पार्दछ।
३) उचित सावुन र क्रिमको प्रयोग
हामीले दैनीक रूपमा प्रयोग गर्ने सावुनमा हानिकारण केमीकलको प्रयोग गरीएको हुन्छ जस्ले छालामा समस्या निम्त्याउछ। वासनाको लागी प्रयोग गरीने केमिकलको कारण पनी छालामा समस्या देखा पर्दछ। त्यसै कारण सहि सावन र क्रिमको प्रयोग गर्न अतीनै आवश्यक छ।
४) छाला उकाउने
तपाइलाई यो अन्तिम उपाय लाग्न सक्छ, जव तपाईको छाला ज्यादै सुख्खा हुन्छ, फुट्छ वा मर्दछ तव छाला उक्काउदा उचित हुन्छ। नयाँ छाला पलाउछ र यो प्राकृती पनी हुन्छ।
५) प्राकृतीक मोस्चराइजरको प्रयोग
जाडोमा छालालाई सुख्खा रहन नदीनका लागी हामी वजारको क्रिम ज्यादा प्रयोग गर्ने गर्छाै। क्रिमको प्रयोग गर्दै गर्दामा ओसीलो पना भन्दा चिल्लो पना ज्यादा भएको क्रिमको प्रयोग गर्नु उपयुक्त हुन्छ। खुट्टा फुट्ने, दुख्ने चिलाउन छालामा सुख्खा पन कम गर्न तेल र गाइको घ्यूको जस्तो प्राकृतिक चिल्लो पदार्थले प्रयोग ज्यादा लाभ दाएक हुन्छ।
६) खानामा वदलाभ
यदी तपाई आफ्नो छाला सफा राख्नु चाहनु हुन्छ भने तपाइले आफुले खानेगरेको प्याकेटको खानी कुराको सट्टा फलफुल र तरकारीलाइ स्थान दिन जरूरीछ। एण्टिअक्सिडेण्ट प्रयोग गर्नाले छाला मुलायम हुानुको साथै कम निन्द्रा लाग्ने गर्छ।
७) शरिरलाई न्यानोपन दिने
छाला गर्मिको तुलनामा जाडोमा ज्यादा समस्या देखिन्छ। जाडोमा एक त हावामा सुख्खापना ज्यादा हुन्छ, त्यासमाथी चिसो हावाका कारण सुख्खापना ज्यादा हुन थाल्छ। यस कारण शरीरलाई न्यानो कपडाले ढाक्नुका साथै, मुख र हातमा गलवन्दि र पञ्जाको प्रयोग गर्नाले छालाको समस्यामा कमी आउछ।
स्रोतः प्लेय्टो, जेना । “७ टिप्स फोर टकिङ कारए ओफ योउर स्किन इन विन्टर ।” बाइ मि वान्स।










