एजेन्सी । हामीलाई यसअघि नै थाहा भएको हो, धूमपानले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन । धूमपानका कारण मुटुदेखि मस्तिष्कसम्म विभिन्न रोगहरु लाग्छ छ।
तर इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भाइरल भएका थिए । ति तस्बिरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए ।
आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोट पिउथे । ती तस्वीरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो । सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे ।
उनका बुबा–आमाको भनाइअनुसार, अहिले आल्दीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे । यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आल्दीका परिवार बताउँछन् ।
[sidebar name="button post"]










