२५ पुष, काठमाडाैं । काठमाडौमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौंको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए ।
उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।
उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।
[sidebar name="button post"]











