सहभाव बचत तथा ऋण सहकारी संस्था को नवौं वार्षिक साधारण सभा सम्पन्न

समिता श्रेष्ठ

जोरपाटी गोकर्णेश्वर ८ स्थित सहभाव बचत तथा ऋण सहकारी संस्था को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन सभापति सन्जय पोखरेलले गर्नुभएको थियो ।

सभामा प्रमुख अतिथी साहित्यकार एवम् समाजसेवी श्री बाजुराम पौडेल ज्यु हुनुहुन्थ्यो भने विशेष अतिथि माधव सुवेदी संस्थाका जेष्ठ शेयर सदस्य ९३ बर्सिय बुवा हुनुहुन्थ्यो । उक्त सभामा ३ बर्षिय कार्यकाल सफलताका साथ सम्पन्न गर्दै अर्को कार्यकाल नदोहोर्याउने र पद हस्तान्तरण गर्ने परिपाटी सुरुवात गरौं भन्ने भनाइ राख्दै अध्यक्ष श्री सन्जय पोखरेल ज्युबाट श्री मधुसूदन पौडेल ज्यु लाई पद हस्तान्तरण गर्नु भयो ।

साथै साधारण सभा बाट निर्वाचित अध्यक्ष श्री मधुसूदन पौडेल ज्यु तथा सम्पुर्ण टिमलाई बधाइ तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

[sidebar name="button post"]