एजेन्सी । भारतमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन्, अमिताभ बच्चन । अमिताभ बच्चनको आवाजका फ्यान पनि धेरै छन् ।
तर, भारतमा एउटा यस्ताे अनाैठाे घटना भएकाे छ। जुनकुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ। उनको आवाजका कारण दिग्दारी भएको भन्दै एक व्यक्ति अदालतमा पुगेका छन् । अमिताभको यो आवाज हो, मोबाइलमा कसैलाई फोन गर्दा आउने आवाज ।
कोरोना भाइरसको महामारीमा सचेतना जगाउनका लागि भारतीय मोबाइलमा प्रयोग गरिएको ब्याकटोनले दिक्क भएको भन्दै एक जनाले अदालतमा उजुरी गरेका हुन् । त्यसो त यसअघि सामाजिक सन्जालमा पनि अमिताभका प्रशंसकलाई यसलाई रोक्न अनुरोध गरेका थिए । अमिताभले यसमा माफी माग्दै आफू क्षमाप्राथी रहेको बताएका थिए ।
[sidebar name="button post"]











