आज काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत कटौती हुँदै

२५ पुष, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन । आज ‘शनिबार’ काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत कटौती हुँदैछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुनेछ ।

[sidebar name="button post"]