Ad #144479

२२ पुष, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिती काठमाडौंले प्रतिनिधीसभा बिघटनबिरुद्ध सशक्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भबन ज्ञानेश्वरमा आज बसेको जिल्ला कार्यसमितीको बैठकले प्रधानमन्त्रीको असंबैधानिक कदमका बिरुद्ध पाटि केन्द्रको निर्देश अनुसार सशक्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले असंबैधानिकढङ्गले प्रतिनिधीसभा बिघटन गरेकाले उक्त गैरसंबैधानिक कदमका बिरुद्ध यहि पुष २५ गते प्रदेश सभा निर्बाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडा स्तरमा बिरोधका कार्यक्रम प्रभावकारी ढङ्गले सम्पन्न गर्ने निर्णय गरेको छ ।

साथै उक्त बैठकले यहि पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटानै प्रदेश निबार्चन क्षेत्रमा एकै साथ बिरोध प्रदर्शन गर्न जिल्ला भित्रका सम्पुर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति सबुज बानियाँले जानकारी दिएका छन ।

गत पुस १९ गते बसेको नेपाली कांग्रेस केन्द्रीय समितीको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुष ५ गरेको प्रतिनिधी सभा बिघटनको बिरोधमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।