२२ पुष, काठमाडौं । नेपाल प्रहरीले ३० जना एसपीको सरुवा गरेकै दिन ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको पनि सरुवा निकालेको छ । जिल्ला प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालय प्रमुख, वृत्त प्रमुख जस्ता महत्वपूर्ण कार्यालयहरुका साथै ट्राफिक प्रहरी प्रमुख तथा अन्य कार्यालयहरुमा रहने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई हेरफेर गरेका हुन् ।
महत्वपूर्ण मानिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कवित कटुवाल, ओखलढुंगामा गोबिन्दराज काफ्ले, जिल्ला प्रहरी कार्यालय म्याग्दीमा श्यामकुमार राई, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजालको सरुवा भएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय लाहान सिरहामा डा. तपनकुमार दाहाल, महानगरीय प्रहरी वृत्त जनसेवामा डिलबहादुर मल्ल, सातदोबाटोमा दिनेश घिमिरे, ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा रविन्द्र खनाल, महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकी, मनाङमा सुवास खड्का, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।












