Ad #144479

एजेन्सी। मान्छेको अनुहार भएको माछा भेटिएको छ । दक्षिण चीनको मिलाओ गाउँमा एक महिला पर्यटकले मान्छेको जस्तो अनुहार भएको माछा देखेकी छन् ।

चीनको एक गाउँको पानीमा तेरिरहेको अवस्थामा उक्त माछा देखिएको हो । मान्छेको अनुहार भएको माछाको भिडियो सार्वजनिक गरिएको छ । उनले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीबोमा यसको तस्वीर र भिडियो राखेकी छन् । १५ सेकेन्डको भिडियोमा माछा पोखरीको छेउमा आएको र मुख पानीबाट माथि निकालेको देखिन्छ ।

उक्त भिडियोमा माछा पोखरीको छेउमा आएको  देखिएको छ । असामान्य देखिने त्यो माछाको अनुहारमा दाग र रेखाहरू छन् । भिडियोमा हेर्दा उक्त माछाको शरीरमा मानिसको जस्तो अनुहार देखिन्छ ।

हेर्नुहोस् भिडियो: