Ad #144479

२१ पुस, एजेन्सी । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ।

बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा लकडाउन गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् ।

योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले ४ समूहका मानिसहरूले पहिलो डोज कोरोना भाइरसको खोप पाउने समेत बताएका छन् । केयर होममा कार्यरत कर्मचारी, ७० वर्षभन्दा माथिका नागरिक, फ्रन्टलाइनका कर्मचारी र बिरामीहरूले पहिलो डोज भ्याक्सिन लगाउन पाउनेछन् ।