आजका मुख्य समाचारमा
किन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठायाे ?
सत्तारुढ नेकपा विभाजन भएपछि आ आफ्नो आधिकारिकता दाबी गरेका दुवै समूहलाई निर्वाचन आयोगले छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको हो ।
कांग्रेसद्धारा दोस्रो चरणको आन्दोलन तय
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको हाे ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जाने ७ जना पक्राउ
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान जिल्लाका युवाहरु हुन् । शनिबार साँझ दुबई जना लागेका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
विदेशमा कोरोनाले थप ३ जना नेपालीको मृत्यु : एनआरएनए
कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या ‘२० देशका’ ३ सय १५ पुगेको छ ।
संसद विघटनविरुद्ध २३ दलीय मोर्चाले विरोध प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध २३ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् । संसद विघटन असंवैधानिक भन्दै मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीलगायत २३ दलीय मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
सन् २०२० : दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरे
सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।
कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जनको निधन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जनको निधन भएको छ । भारतको नया दिल्लीमा बसोबास गर्दै आएका रञ्जन कोइरालाको आइतबार विहान ११ बजे निधन भएको हो ।नयाँदिल्लीको क्याक्स अस्पतालमा एक महिनादेखि उपचारका क्रममा निरञ्जनको निधन भएको हो ।
२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
देशभरका प्रयोगशालामा ५ हजार ८ सय जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय २१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
घरको ताल्चा फोडी सुनका गहना तथा नगद चोरी
केही महिनायता काठमाडाैंका विभिन्न ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धले सक्रियता बढाएको छ । पछिल्लाे समय एकपछि अर्को चोरी हुन थालेपछि प्रहरीले सक्रियता बढाएकाे हाे ।
१ सय ५ किलो गाँजासहित ७ जना नियन्त्रणमा
लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरीले वीरगंज महानगरपालिका-२१ लालबाट १ सय ५ किलो अवैध लागूऔषध गाँजा ‘चिप्पड’ सहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।
अष्ट्रेलिया छोडेकी कुसुम गाउँमा कृषिकर्मकी अगुवा, आम्दानी पनि लोभलाग्दो
नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्टे«लियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल हुनुभएको छ ।
हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, विद्यार्थीलाई बढी समस्या
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
आजदेखि बर्दियाको निकुञ्ज क्षेत्रमा साइकल र मोटरसाइकल चलाउन नपाइने
बर्दियाको पूर्व–पश्चिम राजमार्गमा निकुञ्ज क्षेत्रमा आज रातिदेखि साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको हो ।
गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत !
कवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट नदिएको राजीनामा स्वीकृत भएको छ ।गत मंसिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती जानकारी दिए । अध्यक्षको क्रियाकलाप लगायतका कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।
२४ घण्टा यता नेपालमा कति भए कोरोनामुक्त, कतिको मृत्यु ?
पछिल्लो २४ घण्टामा थप ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५४ हजार ४९४ पुगेको छ ।
पर्यटक आगमनमा कमी आएपछि घरबास सुनसान
कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाको आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।
बेलायत,रुस र अमेरिकासँगै भारतले पनि कोरोना खोप लगाउन शुरु
भारतले कोरोना भ्याक्सिन लगाउने तयारी गरेको छ । कोरोना भाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतले कोरोना खोप लगाउने तयारी गरेको हो ।
क्रसर उद्योगीको मनोमानी बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती
क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ भने नदीजन्य विपद्का घटना समेत बढ्न गएको छ । धनुषामा सञ्चालनमा रहेको कतिपय क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले राजस्वसमेत नबुझाई खोला उत्खनन गर्ने गरेकाले राजस्व असुलीमा असर परेको छ ।
साउदीमा लगाएको यात्रा प्रतिबन्ध हट्याे
साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस ‘कोभिड–१९’ को नयाँ प्रकार ‘भेरियन्ट’ मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो ।
फिदिमकाे रानीटारमा पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा
पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् ।
जुवाको खालबाट तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
दाङको तुलसीपुरमा शनिबार बेलुकी प्रहरीले जुवाको खालमा छापा मारेर तीन लाख नगदसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र खोलेको तासको चार गड्डीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।












