Ad #144479

१९ पुष, काठमाडौं । केही महिनायता काठमाडाैंका विभिन्न ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धले सक्रियता बढाएको छ । पछिल्लाे समय एकपछि अर्को चोरी हुन थालेपछि प्रहरीले सक्रियता बढाएकाे हाे ।

प्रहरीले घरको ताल्चा फोडी सुनका गहना तथा नगद चोरी भएकाे जनाएकाे छ । बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ३३ वर्षीया सुशिला आचार्यको घरबाट शनिबार राति कोही नभएको अवस्थामा चाेरी भएकाे प्रहरीले जनाएकाे हाे ।

प्रहरीका अनुसार घरमा काेही नभएकाे अवस्थामा ताल्चा फोडी सुनको २ थान तिलहरी, सुनको ३ थान औंठी र नगद ५० हजार रुपैयाँ समेत गरी करीब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।