काठमाडौं। पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल अभिनेता अनमोल केसी अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ ब्यस्त रहेका छन्।
‘लुट’ चलचित्रका निर्माता माधव वाग्लेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पारस’मा अनमोल अनुबन्धित भएका छन्। आज निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ।
यसैबीच अनमोल अर्को चलचित्रमा पनि जोडिएका छन् । उनी चलचित्र ‘पारस’ मा पनि देखिदैछन् । आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा अनमोलसँग आज्ञा करण जितले चलचित्रमा स्क्रिन सेयर गर्न लागेकी हुन l
अनमोलले अब ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’मा काम गर्नेछन्। निर्माताबाट निर्देशक बन्न लागेका वाग्लेले फिल्मको छायांकन वैशाख दोस्रो साताबाट शुरू हुने बताए।












