१७ पुष, काठमाडौं । मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । यस्तै सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।












