Ad #144479

वास्तवमा बच्चा रुनु भनेको केही व्यक्त गर्नु हो । बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझनु आवश्यक हुन्छ ।

बच्चाले डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् र रुन थाल्छन् । दिनको समयमा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अध्याँरोदेखि डराएर एक्लो महसुस गर्दछन् ।

साथै सुत्ने ठाँउ आरामदाही नहुँदा पनि अनीहरु रुन्छन् । बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्दछन् । बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्छ । यदि बच्चा अचानक धेरै रुन्छ र अचानक रुन छाड्छ भने यसको मतलव बच्चा स्वस्थ छैन भन्ने बुझ्नुपर्छ ।

बच्चा स्वस्थ नभएको शंका लागेमा तुरुन्त चिकित्सककोमा लानुपर्छ । कहिलेकाही बच्चा थाकेको हुन्छन् जसकारण उनीहरुलाई निन्द्रा लाग्दैन र रुन्छन् । कहिलेकाही बच्चा आमाको ध्यान आफुतिर तान्नको लागि पनि रुन्छ ।

बच्चाको निन्द्रा पुरा नहुँदा पनि बच्चा रुन्छ ।साना बच्चा रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नु परिरहेको हुन्छ ।