१५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको कार्यकर्ता भेला बबरमहलको कार्की ब्यांकेटमा शुरु भएको छ । ब्यांकेटमा पुगेर ओलीले भेलालाई सम्बोधन गरेका छ्न ।
पार्टी विभाजनपछि बालुवाटारबाट शीतल निवासबाहेक अन्यत्र विरलै गएका ओली बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेस पुगेर सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।
कार्की पार्टी प्यालेसमा प्रचण्ड माधव समूहले ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाएको थियो । ओलीलाई हटाएर प्रचण्ड समूहले माधव नेपाललाई अध्यक्ष बनाएको छ । भेलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, ओलीनिकट नेता कर्ण थापा लगायतको सहभागिता रहेको छ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए। तर यसपटक प्रचण्ड माधव नेपाल समूहलाई चुनौति दिन ओलीले कार्की ब्यांकेटमा भेलाको आयोजना गरेका हुन् ।












