१५ पुष, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा विभाजन आएपनि प्रचण्ड–माधव समूहका मन्त्रीहरुलाई हटाएर राजनीतिको फोहोरी खेल नखेल्ने बताएका छन् ।
नेकपामा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएका बेला गण्डकीका मुख्यमन्त्री गुरुङले प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएपनि उनीहरुका मन्त्री हटाएर आफूले फोहोरी खेल नखेल्ने बताएका हुन् ।
बाग्मति प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला गण्डकीका मुख्यमन्त्री गुरुङले भने फोहोरी राजनीतिमा नलाग्ने बताएका हुन् ।
[sidebar name="button post"]









