एक यस्तो शहर जहाँ बिरामी ठिक हुनको लागि जमीनमा जिउँदै गाडिन्छ

एजेन्सी । कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर छ जहाँ कुनै पनि बिरामी ठिक हुनको लागि मानिसलाई जमीनमा जिउँदै गाडिन्छ ।

भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार भइन् । घरको आगँनमा एक ठुलो खाल्डो खनियो र खाल्डोभित्र एनालाई राखियो ।

एनाको गर्दन भन्दा माथि बाहिर देखाइएको थियो । उपचारको लागि यो तरिका अपनाउदा त्यहाँका मानिसहरुले बिजुलीको प्रभाव सकिने र बिरामी पहिलाको जसरी नै हिड्न र चल्न सक्ने विश्वास गरेका छन् ।

बिरामीलाई खाल्डोभित्र ३ घन्टासम्म राखेका थिए । यो प्रक्रिया हप्तामा ४ दिन गरिन्छ । एनाको अनुसार, डाक्टरहरुले मेडिकल चिकित्सा जाने पनि बिजुली चिकित्सा जान्दैनन् । खाल्डो भित्र उपचार गरेर उनलाई सुधार आएको हो ।

[sidebar name="button post"]