यी रोगबाट बच्न खानुहोस् बट्टाईको अण्डा

काठमाडौं । अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ।
धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो ।

नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।

अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ। यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ।

  • बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ ।
  • बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास
  • हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन
  • बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् ।
  • बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
  • शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।
  • बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ ।
  • बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।
[sidebar name="button post"]