१२ पुष, काठमाडौं । शनिबार राती काठमाडौंको चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट खसेर एक जनाको ज्यान गएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको हो ।
[sidebar name="button post"]









