आज चिनियाँ उप-मन्त्रीसहितको टोली नेपाल आउँदै

१२ पुष, काठमाडौं । चिनियाँ उप-मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनीतिक संकट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।

टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । तर भ्रमणबारे चिनियाँ दूतावास र नेपाल सरकारले थप जानकारी गराएका छैनन् ।

उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ ।

नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गरेका थिए ।

[sidebar name="button post"]