Ad #144479

१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार बेलूकी बस्ने मन्त्रिपरिषद बैठकले नयाँ मन्त्रीको टुंगो लगाउनेछ । तर केही व्यक्तिको नाम भने यसअघि नै चर्चामा आएको छ ।

खासगरी पूर्व माओवादी पक्षबाट ओली समूहमा गएका नेताहरु मन्त्री बन्ने चर्चा छ । त्यसरी चर्चा हुनेमा प्रभु साह, मणि थापा, टोप बहादुर रायमाझी लगायत छन् । अहिले प्रचण्ड समूहमा रहेका शाह ओली गुटमा प्रवेश गर्न लागेको चर्चा सामाजिक सञ्जालमा छ ।

उनलाई ओलीले श्रममन्त्री बनाउने चर्चा छ । यस्तै मणि थापालाई पर्यटन र टोपबहादुर रायमाझीलाई उर्जामन्त्री बनाउने चर्चा छ । यस्तै नयाँ मन्त्रीमा दाबा लामा शिक्षामन्त्री, गौरीशंकर चौधरी खानेपानी मन्त्री बन्ने चर्चा छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । रिक्त रहेका पदमा ओली पक्षका नेताहरु मन्त्री बन्न लागेका हुन् ।

नेकपामा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।  मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।