९ पुष, काठमडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सत्तारुढ नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताए ।
नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए । यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए ।
अहिले हुने पुुनर्गठनमा पूर्व माओवादी नेता टोपबहादुर रायमाझीले रोजेको मन्त्रालय पाउने भएका छन् । स्रोतका अनुसार उनी जलश्रोत तथा उर्जा मन्त्री बन्दैछन् । साथै, ओली निकट मानिने आधा दर्जन मन्त्री अबको पुुनर्गठनमा थपिने भएका छन् ।
जसमा महेश बस्नेत, नवराज सिलवाल, विशाल भट्टराई, छविलाल विश्वकर्मा, प्रेम आले, खगराज अधिकारी, किसान श्रेष्ठ , गणेश ठगुन्ना , नारदमुुनि राना, पदम गिरी लगायतको सम्भावना रहेको छ ।









