जाडोमा सताउने यी १० रोग

काठमाडौं । जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्याहरु देखा पर्दछन् । जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट मानिसहरु पीडित हुने गर्छन् ।

खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि जाडो मौसम अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरीरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरीरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।

त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

  • दम
  • रुघाखोकी
  • निमोनिया
  • पिनास
  • हृदयघात
  • घाँटीको समस्या (टन्सिल)
  • हाइपोथर्मिया
  • बाथ,जोर्नी दुख्ने
  • एलर्जी
  • छालामा समस्या
[sidebar name="button post"]