जिम जानुअघि जान्नैपर्ने कुरा, अनि के के खाने ?

काठमाडौं । आफ्नो शरीरलाई आकर्षक देखाउन् पछिल्लो समय युवा र युवतीको इक्षा हुन्छ । केटा र केटि आफु स्वस्थ रहने कै लागि भए पनि जिम जान थालेको छन् ।आज भोलि फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ ।

तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ

मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ ।

जिम गर्दा ध्यान दिनु पर्ने कुराहरु :
१. कम्तीमा दिनमा ८ घण्टा सुत्ने
२. एकै पटक धेरै तौल नउठाउने
३.हप्तामा ४ दिन मात्र जिम गर्ने
४. जिम हलभित्र सावधानी
५. प्रोटिनयुक्त खाने कुरा खाने
६. सन्तुलित खाना खाने

जिम गर्दा नियमित सेवन गर्नु पर्ने खानेकुरा :
१. अण्डा
२. काजु, बदाम
३. हरियो तरकारी
४. अन्न
५. फलफूल

[sidebar name="button post"]