आज पौष १० गते ,कस्तो छ तपाईंको राशिफल ?

आज वि.सं. २०७७ साल पौष १० गते । शुक्रबार । इ.स.२०२० डिसेम्बर २५ तारिक । शकसंवत् १९४२ । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेटमा,सूर्यास्त १७ बजेर १३ मिनेटमा ।आज क्रिसमस् ।

तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिने छ। लगानी गर्ने वातावरण बनाउन सकिने छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

विदेश यात्राको गतिलो सम्भावना रहेको छ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अली बढी समय खर्चिनु पर्नेछ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आशा नगर्नुहोला । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्ति हरुको धन सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला । दाजुभाईसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ। अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्ने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रशन्न हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

नोकरीमा पदोन्नती हुने छ।अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरे पनि अन्तत बिश्वास गर्दै अगाडि बढ्न सकिने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। बिदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।व्यापार व्यावसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

पढाइ लेखाइमा प्रतिस्पर्धीहरुको अवरोधले पछि परिने छ । सोख तथा बिलाशीताले खर्च बढाउने छ । आफन्त तथा जीवन साथिसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राय बाजिनेछ । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।व्यापार व्यावसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउने छ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जाने छन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्ने छ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

लामो समयदेखी थाती रहेको काम बन्ने छ।अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिने छ । आर्थिक मुद्दाहरु हल भएर जाने छन्। मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्ने छन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैंतिर ल्याउन सकिने छ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुने छ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिने छ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने छ । स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसके जस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिने छ। उद्योग,व्यापार व्यावसाय फस्टाएर जाने छ । माया प्रेमको डोरो कसिलो भएर जाने छ। पति पत्नी बीच एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिने छ । विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउने छ । आफन्तबाट सहायोग पाईने छ। खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुने छ। अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिने छ । पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिने छ ।

राशिफलमा जे जस्तो भएपनि तपाईंको आजको दिन शुभ रहोस्।

[sidebar name="button post"]