नेकपाको प्रचण्ड-नेपाल समूहले बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेको छ । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा बल्खु पुगेर पार्टी कार्यालय बनाउने घोषणा गरेका हुन् ।

तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । त्यहाँ अहिले भग्नावशेष मात्र छ । नेताहरुले बल्खुमा मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने नेताहरुको भनाई छ ।

अध्यक्ष नेपालले केपी ओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए । यस्तै वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको पनि बताए । अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखेका थिए ।
[sidebar name="button post"]









