बसले पल्सरलाई ठक्कर दिदा दुई जना घाइते

९ पुष, स्याङ्जा । सुनौलीदेखि पोखरा जाँदै गरेको ग १ ख ७१२३ नम्बरको बसले स्याङ्जाको चिउरी भन्ने ठाउमा बा ३९ प ५३३३ नम्बरको पल्सर बाइकलाई ठक्कर दिदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।

बाइकले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको बसका चालकले जनाएका छन् । घाइतेलाई उपचारका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

वालिङदेखि आउदै गरेको उक्त बाइक चिउरीस्थित कटेज नजिकै दुर्घटनाग्रस्त भएको हो। बाइकमा सवार आमाछोरा रहेको खुल्न आएको छ। घटना करिब ४: १० बजेकाे हाे  ।  वालिङ स्थित ट्राफिक प्रहरी उक्त घटनास्थलमा जाँदै गरेको खबर प्राप्त भएको छ। घाइतेको नाम भने खुल्न बाँकी छ ।

 

[sidebar name="button post"]