राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

९ पुष, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ ।

[sidebar name="button post"]