बालुवाटारमा जारी ओली समूहको बैठकमा बादल सहभागी

९ पुष, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन्। कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

अन्ततः सबैले गरेको अनुमान बमोजिम गृहमन्त्री बादल प्रधानमन्त्री केपी ओली समूहमा खुलेका छन् । बालुवाटारमा जारी ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा बादल पुगेपछि सबै अनुमानहरु सही ठहरिएका छन् ।

पार्टी भित्रको अन्तर्कलहमा सधैं बीचको धारमा रहने गरेका बादल पछिल्लो समय कतै खुलेका थिएनन् । उनलाई आफू पक्षमा लाग्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुले बारम्बार आग्रह गरेपनि अन्ततः ओलीकै पक्षमा उभिए ।

बादललाई ओलीले आफूपछिको वरियतामा राख्ने आश्वासन दिएपछि उनी कित्ताकाट गर्न राजी भएको बुझिएको छ ।  तर बादल पक्षका नेताहरु भने प्रचण्डसँगै रहेका छन् ।

[sidebar name="button post"]