९ पुष, ललितपुर । ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उहाँको बयोधा अस्पतालमा उपचारका ज्यान गएको हो ।
जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
[sidebar name="button post"]









