८ पुष, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेको छ । नेकपाको आधिकारिक धार आफूहरु नै रहेको दावीसहित यो समूह आयोग पुगेको हो ।
नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लिलामणि पोखरेल निर्वाचन आयोग पुगेको एक नेताले जानकारी दिए । जसमा साविकको ४ सय ४१ केन्द्रीय सदस्यहरु मध्ये प्रदीप नेपालसहित ३ सय १६ जनाको हस्ताक्षर रहेको दावी गरिएको छ ।
नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल दुवै पक्षले मुल धार आफूहरु रहेको दावी गरेपछि अब यसको निक्यौल आयोगले गर्ने परिस्थिति सिर्जित भएको छ ।
[sidebar name="button post"]









