चारुमतिमा पर्खाल निमार्ण सुरु

युङडुङ बैजी

काठमाण्डौको चाबहिलस्थित चारुमति स्तूप वरीपरि पर्खाल निमार्ण काम सुरु भएको छ । परम्परागत तथा धार्मिक क्षेत्रमा पर्ने चारुमति स्तूप २०५३ सालमा स्थापना भएको हो ।काठमाण्डौ महानगरपलिका तथा अन्य सङ्गठनहरुले स्तुपको  विकास निर्माणमा सहयोग गर्दै आएको छ।

पखार्ल निर्माण कार्य लगभग चार महिनाबाट  सुरु भएर अहिले निर्माण कार्य सम्पन्न हुन लागिसकेको भिक्षु तपस्सीधम्मले जानकारी दिनुभयो।  सहरी बिकास कमिसनको ३५ लाख बजेटमा निर्माण कार्य सुरु भएको पनि उहाँले बताउनु भयो।

भिक्षु तपस्सीधम्मले धार्मिक क्षेत्रमा ठूलो योगदान दिई आफ्नो जीवनलाई सफल तुल्याउनु भएको छ । लामो समयदेखी उहाँ स्तुपको संरक्षण गर्दै आउनु भएको छ । त्यस्तै स्तुपमा पोखरी र शौचालयको पनि व्यवस्था गराउने उहाँको योजना रहेको छ । परम्परागत सम्पदाको खोज, अनुसन्धान गदै स्तुपको संरक्षणमा उहाँको  मुख्य भूमिका रहेको छ ।

पर्खाल पहिलाको भन्दा अहिले राम्रो बनाइएको छ ।उहाँ भन्नुहुन्छ,’ पर्खाल बनाएपछि स्तिुप राम्रो र सफा देखिन्छ।’ साथै कामदारहरुले पनि मिहनेतका साथ काम गदै आएका उहाँ बताउनु हुन्छ ।

पर्खालको ब्यवस्थापन गरीसकेपछि प्रर्यटकहरुको आकर्षण बढ्ने साथै स्तुपको संरक्षण हुने उहाँको भनाई छ ।

[sidebar name="button post"]