एजेन्सी । यो दुनियाँमा प्रत्येक व्यक्तिको आफ्नै किसिमको शोख हुन्छ । कसैको इच्छा यस्ता हुन्छन् जुन कहिल्यै पुरा गर्न सकिदैन । भारतमा व्यक्तिले शोखकै कारण हातको नङ २ मिटर लामो बनाएका छन् । श्रीधर चिलानले १९५२ देखि हातका नङ काटेका छैनन् । अहिले उनको नङ दुई मीटर लामो भएको छ । सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिसकेका छन् ।

उनीले २०१५ मा गिनीज वर्ल्ड रेकर्ड टोलीले अन्तर्वार्ता लिए। त्यस समयमा उनले भनेका थिए, “मेरा नशाहरू एकदम नाजुक छन्। तिनीहरूको देखभाल गर्नुपर्दछ। विशेष गरी सुत्ने समयमा।” 
उनले नङलाई एक संग्रहालयमा दिने सोच बनाएका छन् । उनी लामो नङ भएकै कारण हाल चर्चामा छन् । श्रीधरले विवाह गर्नलाई नङको कारण गाह्रो भएको बताएका छन् । १०/१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेका उनी बताउँछन् । यदि कोही विवाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चिथारेर मार्छ भन्ने डरले नै छोरी दिन तयार हुन्नथे ।

नङ पाल्ने सोचको बारेमा श्रीधरले सुरुमा विद्यालय सम्झन्छन् । उनले एकदिन शिक्षकले नङ नकाटेको भनेर कुटेपछि अब कहिल्यै नकाट्ने वाचा गरे ।

हाल उनका लामा नङ देखेर कसैले काममा पनि राख्न नचाहाने उनको भनाई छ । जसको काण काम खोज्न उनलाई धेरै गाह्रो भएको थियो । यति मात्र नभएर घरमा पनि उनको कपडा धुन कोही मान्दैनथे । लामा नङ भएपनि आफैले हातले धुनु पर्थ्र्यो । 
तपाईं कसरी आफ्नो नङ काट्दा कस्तो ?
उनलेअन्तर्वार्तामा भने “मैले सँधै मेरा नङहरूको ख्याल राखें। नङहरू एकदम नाजुक छन्। त्यसैले मैले उनीहरूसँग ६६ बर्ष बिताएको थिएँ। जब मैले ती काट्ने बारेमा सोचें, तब यो मेरो लागि गाह्रो निर्णय थियो।”









