Ad #144479

काठमाडौं । मोटाउनु आफैँमा रोगलाई निमन्त्रणा गर्नु हो । त्यसैले नै मोटो हुनबाट जोगिनका लागि लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ । वजन नियन्त्रणमा राखि स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदी त्यसो हो भने राति तपाईले गर्ने केहि गल्तीका कारण तपाईको तौल नियन्त्रणबाहिर हुन्छ ।

राती सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ । राती सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ । के के हुन् त ति कुरा ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।
बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ ।

  • डिनरमा ओभरडाइटिङ
  • यदि राती धेरै भोक लाग्दैन वा खाना नरुच्ने भए सलाद, फलफूलको सेवन गर्ने गर्नुपर्दछ ।
  • डिनरमा भुटेको र तारेको खानेकुरा
  • डिनरमा कार्बोहाइड्रेटयुक्त खाना
  • पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राती यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।
  • राती स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।
  • कतिपयको बानी हुन्छ, डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।
    रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।
  • दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ।