Ad #144479

काठमाडौँ । के तपाई युट्युबर हुनुहुन्छ ? अथवा युट्युब चलाउने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि खुसीको खबर छ ।

युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाममा समेटेको हो । अर्थात अब युट्युबका सेवा तथा कारोबारको प्रक्रियामा नेपालबाटै सहभागी हुन पाइने भएको छ ।

यस अघि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । पछिल्लो समय नेपालमा युट्युबको क्रेज बढेपनि मनिटाइज गर्दा आउने समस्याले झन्झट हुने गरेको थियो ।

अब भने नेपाल मै बसेर युट्युबका लागि सामग्री बनाउने युट्युबरहरूले पार्टनर प्रोग्राममा नेपाल नै राखेर पनि सजिलै कमाइ गर्न सक्ने भएका छन् ।