Ad #144479

७ पुष, काठमाडौं । शुक्रबारबाट गत चैतदेखि बन्द भएका हल संचालन हुने भएका छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरेको हो ।

योसँगै पौष १० गते शुक्रबार हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी संघको छ । यी दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो ।

जसलेगर्दा, यी दुबै चलचित्रलाई समस्या परेको थियो । जुन चलचित्र रिलिज भैरहेको समयमा हल बन्द भयो, अब शुक्रबारबाट सोही चलचित्र चलाउने संघ तयारी छ ।

देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको संघले जनाएको छ ।