६ पुष, काठमाडौं । सत्तारुढ नेकपाका बहुमत सांसदले तत्काल संसदको नियमित अधिवेशन बोलाउन माग गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गरेको हो ।
भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार पनि गरेको छ । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित थिए ।
भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।












