Ad #144479

६ पुष, काठमाडौं । सत्तारुढ नेकपामा निर्णायक भीडन्तका रुपमा केन्द्रिय कमिटी बैठक हुने भएको छ । दुवै पक्षले मंगलबार बैठक बोलाएपछि केन्द्रिय कमिटीमा निर्णायक भीडन्त हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजेका लागि बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्। त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बबरमहलको कार्की ब्यांकेटमा केन्द्रिय कमिटी बैठक बोलाएका छन् ।

यसअघि सोमबार ओली पक्षले आफ्ना सांसदहरुको भेला बालुवाटारमा बोलाएका थिए भने प्रचण्ड र माधव नेपाल पक्षले संसद भवन बानेश्वरमा भेला बोलाएका थिए । भोलि केन्द्रिय कमिटी बैठकमा आ-आफनो बहुमत पुर्याएपछि नेकपाको भविष्य अब कता जान्छ रु भन्ने पनि थाहा हुनेछ ।