Ad #144479

६ पुस, काठमाडौं । टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएर गम्भीर घाइते भएको युवकको आज मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा दंगिशरण गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा लडेका हुन् ।

शनिबार रमाईलो गर्ने भन्दै २५–२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए ।

उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मुत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डिएका इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए ।

टिकटक बनाउन खोज्दा झुलेङ्गे पुलबाट खसेर युवक गम्भीर घाइते