प्रचण्डले अनुशासनको कारबाहीका लागि ओलीसँग मागे स्पष्टिकरण

६ पुष, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग स्पष्टिरण मागेका छन् । प्रतिनिधि सभा विघटन गरेर चौतर्फी आलोचना खेपिरहेका कामचलाउ ओलीसँग प्रचण्डले विज्ञप्ति जारी गर्दै अनुशासनको कारबाहीका लागि स्पष्टिकरण माग गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश,पश्चमगामी एवम् स्वेच्छाचारी कदमको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतामा कुनै तात्विक असर नपार्ने समेत उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्त्तिमा र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहान्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारको कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ,‘नेपाली जनताले ठूलो त्याग र बलिदनपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

 

[sidebar name="button post"]