पुल्चोकमा बादल गुटकाे छुट्टै भेला

६ पुष, काठमाडौं । सत्तारुढ नेकपाका प्रभावशाली नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुल्चोकमा छुट्टै भेलाको आयोजना गरेका छन् । आइतबार संसद विघटन भएपनि राजीनामा नदिएका बादलले पुल्चोकमा छ्ट्टै भेला गरेर आफ्नो गुट कायमै रहेको सन्देश दिएका हुन् ।

उनी प्रचण्डको भनाई अनुसार पूर्व माओवादी बनेका छैनन् भने ओलीतिर ढल्किएपनि पूर्ण रुपमा माओवादी गुट छाडिसकेका छैनन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले केपी ओली क्याबिनेट छोडेका थिएनन्। उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो।

सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए। राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा नगएका हुन् ।

तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह अहिले पनि बादलसँग छ । बादलसहित पम्फा भुषाल र देव गुरुङ सो समूहका प्रभावशाली नेताहरु हुन् । बादलको समूहमा अरु सांसद पनि छन् भने केही युवा नेताहरु पनि छन् ।

[sidebar name="button post"]