Ad #144479

एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोससँग एक महँगो सम्बन्धविच्छेदपछि चर्चित भएकी उनकी पूर्व श्रीमती म्याकेन्जी स्कटले सम्पत्ति दान गर्ने मामिलामा नयाँ रेकर्ड कायम गरेकी छिन् ।

म्याकेन्जी स्कटले पछिल्लो चार महिनामा ४.२ अर्ब डलर (४ खर्ब ९३ अर्ब रुपैयाँ) को सम्पत्ति ३ सय ८४ संगठनलाई दान दिएकाे न्युयाेर्क टाइम्सले उल्लेख गरेकाे छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण महिला, अश्वेत, गरिबीको रेखा मुनी भएका मानिसहरुका लागि मुश्किल स्थिती सिर्जना भएकाले यी क्षेत्रमा काम गरिरहेका संगठनका लागि म्याकेन्जीले दान दिएकी छिन् ।

म्याकेन्जीले सोसल मिडियामार्फत् संसारका अर्बपतिहरुको सम्पत्ति लगातार बढिरहेको बेलामा समस्यामा भएका विशेषगरी महिला, अश्वेत र गरिबीको रेखा मुनी भएका मानिसहरुको समस्यामा अर्बपतिहरूले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने र अब उनीहरुले समाजलाई फिर्ता दिनुपर्ने बेला आएको बताएकी छिन् ।